काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो सहज जित दर्ता गरेको छ । २० औं चरणको अन्तिम खेल खेलेको युनाइटेडले आफ्नो घरेलु मैदानमा बर्नेमाउथलाई ४–१ ले हराएको हो ।
१० खेलाडीमा सीमित युनाइटेडलाई जित दिलाउन पल पोग्बाले दुई तथा मार्कुस राष्फोर्ड र रोमेरो लुकाकुले समान एक–एक गोल गरे भने बर्नेमाउथका नाथन एकेले एक गोल गरे ।
पोग्बाले खेलको पाँचौं मिनेटदेखि नै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै उनले ३३ औं मिनेटमा अर्को गोल थप्दै २–० को अग्रता बनाए । यस्तै मार्कुस राष्फोर्डले ४५ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाउँदा बर्नेमाउथका नाथनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ३–१ को स्थिति बनाए ।
दोस्रो हाफको ७२ औं रोमेलुले गोल गर्दै ४–१ को सहज जित दिलाए । यता, त्यसको ७ मिनेटपछि युनाइटेड १० खलाडीमा सीमित बन्न पुग्यो । एरिक विलिले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै छैटौं स्थानको युनाइटेडले २० खेलबाट ३५ अंक जोडेको छ । उसले १० खेलमा जित, ५ खेलमा बराबरी र ५ खेलमा पराजय भागेको छ । यस्तै गए रातिकै अर्को खेलमा बर्नेलीले वेष्ट ह्यामलाई २–० ले हराएको छ ।
प्रकाशित मितिः २०७५ पुष १६ सोमबार
Comments