काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा वाट्फोर्ड पराजित भएको छ । वाट्फोर्डको मैदानमा बुधबार राति भएको खेलमा चेल्सीद्वारा वाट्फोर्ड २–१ ले पराजित भएको हो ।
चेल्सीका लागि इडेन हाजार्डले दुई गोल गरे । वाट्फोर्डका लागि रोबर्टो पेएराले एक गोल गरे । खेलको ४५ औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा वाट्फोर्डका रोबर्टोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । ५८ औं मिनेटमा पाएको पेनाल्टीमा हाजार्डले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
जितसँगै चेल्सीले १९ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । वाट्फोर्ड २७ अंकसहित नवौं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ पुष १२ बिहिबार
Comments