काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । रियलले शनिबार राति भएको फाइनल खेलमा यूएइको क्लब अल ऐनलाई ४–१ गोलले हराउँदै रियलले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
रियललाई उपाधि दिलाउनका लागि लुका मोड्रिक, मार्कोस लोरेन्टे र सर्जियो रामोसले समान एक–एक गोल गरे । यस्तै अल ऐनका याहिया नाडेल रियललाई एक गोल उपहार दिए । उनले एक गोल आत्मघाती गरेका थिए । यता अल ऐनका लागि त्सुकासा शिओतानीले एक गोल फर्काए ।
दुबईस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा रियलका लागि मोड्रिकले सुरुवाती अग्रता दिलाएका थिए । उनले घरेलु टोलीविरुद्ध खेलको १४ औं मिनेटमा गोल गरे ।
पहिलो हाफ १–० ले अगाडि रहेको रियलले दोस्रो हाफको ६० औं मिनेट र ६९ औं मिनेटमा गोल गरेको थियो । उसका लागि खेलको ६० औं मिनेटमा लोरेन्टे र ७९ औं मिनेटमा कप्तान रामोसले गोल गरे ।
यस्तै खेलको ८६ औं मिनेटमा घरेलु टोलीका शिओतानीले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा अल ऐनका नाडेरले आत्मघाती गोल गर्दा रियलले ४–१ गोल अन्तरले विजयी भयो ।
यससँगै रियल तेस्रो पटक क्लब विश्वकप च्याम्पियन बनेको छ । यसअघि उसले सन् २०१४, २०१६ र २०१७ मा क्लब विश्वकपको उपाधि जितेको हो ।
प्रकाशित मितिः २०७५ पुष ८ आइतबार
Comments