काठमाडौंमा । जारी पल्स शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज आईतबार दुई खेल हुँदैछन् । दशौं चरणको अन्तिम आज दुई खेल हुन लागेका हुन् ।
आजको पहिलो खेलमा एपीएफ र त्रिभुवन आर्मी प्रतिस्पर्धामा छन् । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको टेक्निकल सेन्टरमा हुनेछ । यी दुईबीचको खेल बिहान ११ बजे सुरू हुनेछ ।
यी दुवै टोली व्यवहारिक रुपमा उपाधि होडबाट बाहिरिसकेका छन् । आज दुवै टोलीको लक्ष्य भनेको अंक तालिकामा सुधार गर्ने रहेको छ । यस्तै आर्मीको लक्ष्य भनेको शीर्ष तीनभित्र रहेर लिगको अन्त्य गर्नु रहेको छ । आर्मी १८ अंकसहित तालिकाको चौथो स्थानमा छ भने एपीएफ १३ अंकसहित आठौं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ पुष ८ आइतबार
Comments