काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाले भ्यालेन्सियाका कोलम्बियन डिफेण्डर जेसन मुरिल्लोलाई अनुबन्ध गरेको छ । २६ वर्षीय मुरिल्लो लोनमा बार्सिलोनामा अनुबन्ध भएका हुन् ।
२५ मिलियन युरोमा मुरिल्लो बाँकी सिजनका लागि भ्यालेन्सियाबाट नाउ क्याम्प आएका हुन् । इन्टर मिलानबाट २०१७ मा लोनमा आएका उनी सिजनको सुरुआतमा भ्यालेन्सिया स्थायी अनुबन्ध भएका थिए । तर, उनले यो सिजन मात्र एक खेल खेलेका छन् । मुरिल्लो आगामी डिसेम्बर २७ बाट बार्सिलोनाका खेलाडी हुनेछन् । एजेन्सी
प्रकाशित मितिः २०७५ पुष ६ शुक्रबार
Comments