भक्तपुर । पाँचौं एजे कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आर्दश ज्योती (एजे) सेकेण्डरी स्कुल पाण्डुबजार भक्तपुरको आयोजनामा पुस ७ गतेदेखि सुरु हुने पाँचौं एजे कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको आज स्कुलमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका प्रिसिन्पल कृष्णराम दुवालले जानकारी दिए ।
उनले विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट जोगाउन र पढाईप्रति लगाव बढाउन खेलकुदले निक्कै सहयोग पुर्याउने भएकाले प्रतियोगितालाई निरन्तरता दिई रहेको बताए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सहभागिता रहने छ । प्रतियोगितामा छात्रतर्फ १६ टिम र छात्रातर्फ १६ टिम गरी कूल ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौंका ९, भक्तपुरका ८, ललितपुरका २ र काभ्रेका १ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजकसहित सैनिक महाविद्यालय, भक्तपुर, दीव्यदीप इंग्लिस सेकेण्डरी स्कूल, भक्तपुर, आदर्श जनप्रेमी मावि, भक्तपुर, श्री पद्म मावि, भक्तपुर, थ्रीस्टार इंग्लिस सेकेण्डरी स्कुल, काठमाडौं, एडभान्स मावि, ललितपुर, पिनाकल मावि, ललितपुर, ग्लासियर मावि, काठमाडौं, गीताञ्जलि उमावि, काठमाडौं, लालीगुराँस राष्ट्रिय स्कुल, काठमाडौं, गान्धी उमावि, काठमाडौ, ज्ञानकुञ्ज प्रतिष्ठान, काभ्रे, सूर्यदिप इंग्लिस सेकेण्डरी स्कुल, भक्तपुर, न्यू डायमण्ड सेकेण्डरी स्कूल, काठमाडौं, पारामाउण्ट स्कुल, काठमाडौं, परोपकार स्कूल, काठमाडौं, विजेश्वरी ज्ञान मन्दिर, काठमाडौं र ख्वप मावि, भक्तपुर, ग्लिटर फ्यु्चर स्कुल, भक्तपुर सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
त्यस्तै, बिधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक तथा प्लेयर अफ दि टुनामेन्टलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा २ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाई छ ।
प्रकाशित मितिः २०७५ पुष ५ बिहिबार
Comments