काठमाडौं । डिफेण्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग कपको अन्तिम आठमा स्थान बनाएको छ । गए राति भएको खेलमा पीएसवीले ओर्लेन्सलाई हराउँदै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
उसले ओर्लेन्सलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको हो । उसलाई अन्तिम आठमा स्थान बनाउन इडिन्सन काभानी र मोसुवा डिवेले समान एक–एक गोल गरे भने पराजित टोली आर्लेन्सका लागि जोसेफ रोमेरिक लोपीले एक गोल फर्काए ।
पाहुना टोलीले पीएसजीले पहिलो गोल ४१ औं मिनेटमा गरेको थियो । उसका लागि काभानीले गोल गर्दै पहिलो हाफ १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले पछि परेको ओर्लेन्सका लागि जोसेफले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ६९औं मिनेटमा गोल गरेका थिए । तर, खेल सकिन ९ मिनेट बाँकी छदाँ पीएसजीले फेरि एक गोल थप्यो । ८१औं मिनेटमा मासुवा डिवेले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
प्रकाशित मितिः २०७५ पुष ४ बुधबार
Comments