काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गए रातिको खेलमा टोटनह्याम हटस्परले बर्नलीविरुद्ध कठिन जित निकालेको छ । शनिबार रातिको खेलमा टोटनह्यामले बर्नलीविरुद्ध साँघुरो १–० को जित निकालेको हो ।
टोटनह्यामको संघर्षपूर्ण जितमा क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरे । घरेलु मैदानमा भएको खेलमा उसका लागि एरिक्सनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा एरिक्सनले ह्यारी केनको पासलाई सदुपयोग गर्दै टोटनह्यामलाई ३ अंक दिलाए ।
यससँगै तेस्रो स्थानको टोटनह्यामले आफूलाई थप बलियो बनाएको छ । उसले १७ खेलबाट ३९ अंक जोडेको छ भने चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले अघि रहेको छ । यस्तै गएरातिकै अर्कौ खेलमा वुल्भ्सले बर्नमाउथलाई २–० ले पराजित गरेको छ भने वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ ले हराएको छ ।
प्रकाशित मितिः २०७५ पुष १ आइतबार
Comments