काठमाडौं । फ्रान्स लिग वानअन्तर्गत सोमबार बिहानको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीको विजयी यात्रामा पूर्णविराम लागेको छ । लगातार जित निकालिरहेको पीएसजीले जारी लिगको १५ औं साताको अन्तिम खेलमा बराबरी खेलेपछि उसको विजयी यात्रामा पूर्णविराम लागेको हो ।
उसले ११ औं स्थानको बोर्डेक्ससँग उसैको घरेलु मैदानमा २–२ गोलको बराबरी खेलेको हो । पीएसजीका लागि नेयमार र किलियन एम्बाप्पेले समान एक–एक गोल गरेका थिए भने बोर्डेअक्सका लागि जिम्मी ब्रीएण्ड र एन्ड्रेस कर्नेलिसले समान एक–एक गोल गरे ।
खेलको पहिलो हाफमा नेयमारको गोलमार्फत् पीएसजीले १–० को अग्रता बनाएको थियो । नेयमारले खेलको ३४ औं मिनेटमा डेनी अल्भेसको असिस्टमा गोल गरेका थिए ।
यस्तै पहिलो हाफमा १–० ले पछि परेको बोर्डेअक्स खेलको ५३ औं मिनेटमा बराबरी गर्यो । उसका लागि जिम्मीले गोल गरेका थिए । फेरि खेलको ६६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए ।
खेलको ८४ औं मिनेटमा बोर्डेअक्सका एन्ड्रेसले गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि खेलमा गोल भएन र दुबैले बराबरी अंक बाँडे ।
यससँगै बोर्डेअक्सले पीएसजीको विजयी यात्रामा पूर्णविराम लगाएको छ । जारी लिगमा अपराजित रहेको पीएसजीले उसले १४ खेल खेल्दा १४ ओटै खेलमा स्पष्ट जित निकालेको थियो । तर, १५ औं खेलमा उसले बराबरी खेलेको हो । ४३ अंकका साथ पीएसजी शीर्ष स्थानमै छ भने बोर्डेक्स १८ अंकका साथ ११ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ मंसिर १७ सोमबार
Comments