काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज पहिलो खेल फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल ११ बजे हुने छ ।
मछिन्द्र २ हार र २ बराबरी खेल्दै २ अंक सहित ११ औं स्थानमा छ । फ्रेन्ड्स तीन हार र एक बराबरी खेल्दै १ अंक सहित पुछारदेखि दोस्रोमा छ । एन्फा कम्प्लेक्समै आज हुने दोस्रो खेलमा नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमको खेल साढे २ बजे हुने छ ।
आर्मी ३ जीत र १ बराबरी खेल्दै १० अंक सहित चौथों स्थानमा छ । शेर्पाले पनि ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोडेको छ । समान अंक भएपनि शेर्पा छैटौ स्थानमा छ । त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आज २ बजेर ३० मिनेटमा ब्रिगेड ब्वाइज क्लबले जवलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
ब्रिगेड १ जित र तीन हारको नतिजा सहित ३ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । जावलाखले ३ हार र १ बराबरी सहित एक अंक जोडेर तालिकाको १२ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments