काठमाडौं । इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलका शीर्ष गोलकर्ता क्रिस्टियानो रोनाल्डोले पहेँलो काड पाएका छन् । शनिबार राति भएको फिरोन्टिनाविरुद्धको खेलमा उनले सेलिब्रेसन गर्दा पहेँलो कार्ड पाएका हुन् ।
साबिक विजेता तथा लिग लिडर युभेन्टसले फिरोन्टिनालाई ३–० ले हराउँदा स्टार खेलाडी रोनाल्डो पेनाल्टीमार्फत् एक गोल गरेका थिए । उनले ७९ औं मिनेटमा गोल गरेपछि पोष्टबाट आएको बल समातेर आकाशतिर हानेका थिए । त्यसपछि आफ्ना टिममेटसँग सेलिब्रेसन गर्दैगर्दा उनलाई रेफ्रीले पहेंलो कार्ड दिएका थिए ।
उनले पहेंलो कार्ड पाएपनि लिगमा अपराजित रहेको युभेन्टसले आफ्नो अपराजित यात्रा कायमै राखेको छ भने रोनाल्डो पनि शीर्ष गोलकर्ता बनेका छन् । ३३ वर्षीय रोनाल्डोले हालसम्म लिगका सबै १४ खेल नै खेलर १० गोल गरेका छन् । यस्तै लिगमा शीर्ष गोलकर्ताको सूचीमा जेनोआका क्रेकिस्टफ पाइटेक दोस्रो स्थानमा छन् । उनले १३ खेल खेलेर १० गोल गरेका छन् । रोनाल्डोले पछिल्ला खेलमा लगातार गोल गरिरहेका छन् । यस्तै ५ गोलमा असिस्ट गरेका छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments