काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम ३२ अन्तर्गत गत राति भएको खेलमा फ्रान्सको क्लब पिएसजीले इंग्ल्यान्डको क्लब लिभरपुललाई २–१ ले हरायो । सो खेलमा पिएसजीका स्टार ब्राजिलियन खेलाडी नेइमारले १ गोल गरेका थिए । उनकै गोलको मदतमा पिएसजीले महत्त्वपूर्ण जित निकालेको थियो ।
सो खेलमा १ गरेका नेइमारले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् । नेइमार अब च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने ब्रालिलियन खेलाडी बनेका छन् । नेइमारले राष्ट्रिय टोली तथा रियल मड्रिडका पूर्वखेलाडी काकालाई पछि पार्दै रेकर्ड आफ्नो नाममा लेखाए । यसअघि च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने ब्राजिलियन खेलाडीको रेकर्ड काकाको नाममा थियो ।
अब कूल ३१ गोलसहित सो रेकर्ड नेइमारको नाममा दर्ज भएको छ । नेइमारपछि काकाको नाममा कूल ३० गोल छ । त्यस्तै, तेस्रो नम्बरमा रिभाल्डो रहेका छन् । बार्सिलोनाका पूर्वखेलाडी उनले कूल २७ गोल गरेका छन् । २ वर्षअघि बार्सिलोना छाडेर विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका नेइमारले दुई क्लबबाट गरी जम्मा ३१ गोल गरेका हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर १३ बिहिबार
Comments