काठमाडौं । सिजनको खराब सुरुआत गरेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई आर्थिक रूपमा ठूलो झट्का लागेको छ । उसको सेयर मूल्य इतिहासकै सबैभन्दा तल्लो बिन्दुमा आइपुगेको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार न्युयोर्क स्टक एक्सचेन्जको बिहीबार रातिको सेयर मार्केटमा प्रिमियर लिगको गत वर्षको उपविजेता युनाइटेडको रेट १८.९ डलरमा झरेको छ । यसबाट सो क्लबको समग्र मूल्यांकन पनि ३ सय मिलियन डलरले घटेको बताइएको ाछ । युनाइटेडले सबैखाले गरेर आफ्ना पछिल्ला १२ खेलमा आधा खेल मात्रै जित्न सकेको छ ।
पछिल्लोपटक भएको सिजनको पहिलो म्यानचेस्टर डर्बीमा पराजित भएपछि उसको सेयर मूल्यमा ठूलो असर पुगेको हो । यता, युनाइटेडका मालिक ग्लाजेर परिवारले भने यसलाई सामान्य अवस्था भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर ६ बिहिबार
Comments