काठमाडौं । स्कटल्यान्डका चर्चित क्रिकेटर केइल कोट्जर नेपाली लिगबाट खेल्ने भएका छन् । आगामी मंसिर २२ गतेबाट हुने एभरेस्ट प्रिमियर लिग प्रतियोगितामा उनी पोखरा राइनोजबाट खेल्ने भएका हुन् ।
सो प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चचाइज टिमले सहभागिता जनाउँदैछन् । त्यसक्रममा पोखराले केलीलाई विदेशी खेलाडीको कोटाबाट भित्र्याउने भएको हो । पोखराले यसअघि नै पाकिस्तानका तीब्र गतिका बलर ताज वालीलाई भित्र्याइसकेको छ ।
यता, पोखराले दक्षिण अफ्रिकाका एक ब्याट्सम्यानलाई पनि अनुबन्ध गर्ने तयारी गरेको छ । तर, ती खेलाडीको नाम अहिले नै टुंगो लागिसकेको छैन । इपिएललाई हालसालै विश्व क्रिकेट परिषद् ९आइसिसी० पनि मान्यता प्रदान गरिसकेको छ । आइसिसीको मान्यतापछि क्लबले विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको हो ।
पोखराले इपिएलकै लागि भनेर हालसालै अस्ट्रेलियाका प्रशिक्षक नाथन डोडलाई भित्र्याइसकेको छ । उसले प्रतियोगिताको उपाधि कब्जा गर्ने योजनासाथ महँगा खेलाडी र प्रशिक्षक अनुबन्ध गरेको हो ।
प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार
Comments