काठमाडौं । इटालियन क्लब युभेन्ट्स यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।
युभेन्ट्सको मैदान टुरिनमा बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा युभेन्ट्स युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
युनाइटेडका लागि हुवान माटाले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युनाइटेडको जितमा हुवान माटाले एक गोल गरे । युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा बोनुसीले आत्मघाती गोल गरेका थिए ।
।
खेलको ६५ औं मिनेटमा युभेन्ट्सका रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । तर, खेलको ८६ औं मिनेटमा युनाइटेडका माटाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ९० औं मिनेटमा डिफेन्डर लियोनार्दो बोनुसीले आत्मघाती गोल गरेपछि खेल युनाइटेडले २–१ ले खेल आफ्नो पक्षमा पार्यो ।
जितसँगै समूह एच मा युनाइटेड ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ४ खेलबाट ९ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३–१ ले पराजित गरेको छ । ५ अंक जोडेको भ्यालेन्सिया तेस्रो र १ अंक जोडेको ब्वाइज लिगको पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २२ बिहिबार
Comments