काठमाडौं । थाईल्याण्डमा जारी एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हराएको छ ।
समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो ।
थाईल्याण्डको चोनबरी रंगशालामा आ भएको खेलमा नेपालकी निशा थोकरले ह्याट्रिक गरिन् । पुजा रानाले दुई तथा मञ्जली योञ्जन, सम्झना लावती, एलिशा जिम्बा र सरु लिम्बुले एक एक गोल गरे ।
आजै सवाँ ६ बजे थाईल्याण्ड र भारतबीच समुह चरणको अन्तिम खेल हुनेछ । जीतसँगै नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो भएको छ । अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । प्रतियोगिताको अन्तिम चरण पनि थाईल्यान्डमा हुने भएकाले नेपाल दोस्रो स्थानमा रहेपनि छनोट हुने भएको हो ।
प्रकाशित मितिः २०७५ कार्तिक ११ आइतबार
Comments