भक्तपुर । आजदेखि भक्तपुरमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कार्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भक्तपुर नगरपालिकाले आयोजना गरेको हो ।
शहीद स्मृति खेलमैदानमा आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नगरपालिकाका ६१ वटा विद्यालयका १ हजार ८ सय खेलाडी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको आयोजकले बताए ।
प्रतियोगितामा विजयी टोलीलाई प्रमाण पत्र, मेडलका साथै पुस्तकहरु सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकहरुले बताएका छन् ।
भक्तपुर नगरका विभिन्न खेलमैदान र विद्यालय प्राङ्गणका साथै भक्तपुर दरवार क्षेत्रमा समेत हुने छ ।
प्रतियोगितामा भलिवल, फुटवल, कराते, उसु, टेवुलटेनिस, बुद्धिचाल, फुटसल, पोटबल, कसिपायचा, खो खो लगायत १३ वटा खेलहरु समावेश रहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ११ आइतबार
Comments