काठमाडौं । ईटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको छ । बुधबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युभेन्ट्सले युनाइटेडलाई १–० ले हराएको हो ।
युभेन्ट्सका लागि पाउलो ड्याबालाले निर्णायक गोल गरे । खेलको १७औं मिनेटमा गोल गर्दै युभेन्टसले अग्रता लिएको थियो ।
काँकी समयमा थप गोल हुन नसकेपछि युभेन्ट्सले ३ अंक जोड्न सफल भयो । जीतसँगै युभेन्ट्स ३ खेलबाट ९ अंकसहित समुह एचको शीर्ष स्थानमा छ । युनाइटेड ४ अंक सहित दोस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ७ बुधबार
Comments