काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब रोमाले सिएसकेए मोस्कोमाथि प्रभावशाली जित निकालेको छ । समूह ‘जी’अन्तर्गत गत राति भएको खेलमा रसियन क्लब सिएसकेए मोस्कोलाईलाई रोमाले आफ्नो घरमा ३–० ले हरायो ।
रोमालाई घरेलु मैदानमा सजह जित दिलाउन इडेन जेकोले खेलको ३० र ४३औं मिनेटमा गरी २ गोल गरे । त्यसपछि ५०औं मनेटमा सेन्गिज अन्डरले गोल गरेपछि रोमाले ३–० को जित निकाल्यो ।
यो जितपछि रोमा र रियल मड्रिड समान २–२ खेलमा जित निकाल्दै समान ६–६ अंकसहित पहिलो र दोस्रो स्थानमा बसेका छन् । पराजित मोस्कोले ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ७ बुधबार
Comments