काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । लिगको नवौं हप्ताको खेलमा पछिल्ला खेलबाट उच्च लयमा देखिएको आर्सनलले ३ वर्षअघिको च्याम्पियन लेस्टर सिटीलाई आफ्नो घरमा निम्याउँदैछ ।
नयाँ प्रशिक्षक इम्रीको नेतृत्वमा रहेको आर्सनलले सुरुआती खेलमा राम्रो नतिजा ननिकाले पनि पछिल्ला खेलबाट लय समातेको छ । ऊ हाल ८ खेलपछि १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ ।
यता, ३ वर्षअघि प्रत्यासित रूपमा लिग जितेको सिटी भने यतिबेला समान ८ खेलबाट १२ अंकसहित लिगको ११औं स्थानमा छ । यी दुवै टोली लिगका बलिया टोलीका रूपमा उभिएकाले यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आर्सनलले अघिल्लो खेलमा फुलहामलाई ५–१ ले हराएको थियो ।
आर्सनलले पछिल्ला ६ खेलमा शतप्रतिशत जित निकालेको छ । उसले आज आफ्नो घरमा सिटीलाई निम्त्याउँदा अर्को जितका लागि प्रयास गर्नेछ ।
खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
प्रकाशित मितिः २०७५ कार्तिक ५ सोमबार
Comments