काठमाडौं । इटालियन लिग सिरी एअन्तर्गत गत राति भएको मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कप्तान माउरो इकार्डीले अन्तिम मिनेटमा गोल गरेपछि उसले एसी मिलानलाई १–० ले स्तब्ध बनायो ।
खेलमा इकार्डीले पहिलो हाफमा गोल गरेका थिए । तर, भिआरबाट सो गोललाई रद्द गरिएको थियो । त्यसपछि निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा भेचिनोले दायाँ भागबाट दिएको क्रस पासमा इकार्डीले टाउकोले आकर्षक गोल गरेका थिए ।
यो जितसँगै इन्टर अंक तालिकाको तेस्रो स्थानमा चढेको छ । पराजित एसी मिलान भने १२औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ५ सोमबार
Comments