काठमाडौं । इटालियन ‘सिरी ए’ फुटबलमा आज ३ खेल हुँदैछन् । जसमा आज सर्वाधिक चासोसाथ हेरिएको खेलमा लिग लिडर युभेन्टस र जेनोआ भिड्दैछन् ।
यो सिजन खेलेका सबै खेलमा शतप्रतिशत जित हात पारिरहेको सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसले आज लिगको नवौं हप्ताको खेलमा जेनोआलाई आफ्नो घरमा निम्त्याउँदैछ ।
आजको खेलमा रोनाल्डो टोलीमा परेका छन् । र, उनी सुरुआती चरणबाटै मैदान उत्रिनेछन् । युभेन्टस हाल अंक तालिकामा ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । जेनोआ ७ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ । उसले अन्य टोलीभन्दा एक खेल कम खेलेको छ ।
खेल नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट सुरु हुनेछ , आज हुने अन्य खेलमा साँझ ६ः४५ बजेदेखि रोमा र एसपिएल भिड्दैछन् । अर्को खेलमा राति १२ः१५ बजेबाट अडिनेस र नापोली भिड्दैछन् । एजेन्सी
प्रकाशित मितिः २०७५ कार्तिक ३ शुनिबार
Comments