काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत भएको खेलमा रसिया विश्वकपको उपविजेता क्रोएसियाले जोर्डनलाई हराएको छ । उसले जोर्डनलाई २–१ ले हराएको हो । क्रोएसियाको जितमा खेलको २४औं मिनेटमा डोमागोज भिडाले पहिलो गोल गर्दा ६२औं मिनेटमा मित्रोभिचले टोलीका लागि दोस्रो गोल गरे ।
तर, खेलको ७३औं मिनेटमा बाहा फैसलले जोर्डनका लागि गोल गरे पनि टोलीका हार टार्न भने सकेनन् । गत राति नै भएको अर्को खेलमा अस्ट्रेलियाले कुवेतलाई ४–० ले हराएको छ । अर्को खेलमा साउदी अरेबिया र इराकले १–१ को बराबरी खेले ।
प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार
Comments