काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले पूर्वविश्वविजेता स्पेनलाई पराजित गरेको छ । गत राति भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ ले स्तब्ध बनाएको हो । यससँगै इंग्ल्यान्डले स्पेनमाथि ३१ वर्षपछि पहिलो जित दर्ता गरेको छ । पछिल्लोपटक स्पेन इंग्ल्यान्डसँग १९८७ मा ४–२ ले हारेको थियो ।
इंग्ल्यान्डले खेलको ३८औं मिनेटसम्ममा ३–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा स्पेनले २ गोल गरेर खेलमा फर्किन खोजे पनि हार पन्छाउन सकेन । इंग्ल्यान्डको जितमा १६औं मिनेटमा स्ट्रलिङले पहिलो गोल गर्दा ३८औं मिनेटमा उनैले दोस्रो गोल गरे । त्यसअघि २९औं मिनेटमा रासफोर्डले गोल गरे ।
तर, दोस्रो हाफमा स्पेनले २ गोल फर्कायो । उसका लागि खेलको ५८औं मिनेटमा पाको अल्कासेरले पहिलो गोल गर्दा ९७औं मिनेटमा सर्जियो रामोसले गोल गरे पनि स्पेनले हार टार्न भने सकेन र नतिजा पाहुना टोली इंग्ल्यान्डलाई ३–२ ले सुम्पियो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार
Comments