काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी २० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपाल भुटानविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दैछ। नेपालका लागि इनिङसको सुरूआत गर्न प्रदीप ऐरीसँगै आएका विनोद भण्डारी पहिलो बलमै आउट भए। ओभरको तेस्रो बलमा नै विनोद क्याच आउट भएका हुन्। नेपालका लागि अनिल साह तेस्रो नम्बरमा आएका छन्।
नेपालको प्लेइङ ११
विनोद भण्डारी, प्रदीप ऐरी, अनिल साह, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, पारस खड्का, वसन्त रेग्मी, करण केसी, शरद भेषावकर, सन्दीप लामिछाने, ललितनारायण राजवंशी
प्रकाशित मितिः २०७५ असोज २३ गते मंगलबार
Comments