काठमाडौं । इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अर्को बलात्कारको आरोप लगेको छ । यसअघि उनलाई अमेरिकाकी एक महिलाले सन् २००९ मा आफूमाथि रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
त्यसको सातादिनपछि रोनाल्डोमाथि दोस्रो बलात्कार आरोप लागेको हो । इंलिस मिडिया ‘द मेल’ मा प्रकाशित समाचारअनुसार रोनाल्डोमाथि दोस्रो बलात्कार आरोप लागेको हो ।
यसअघि रोनाल्डोमाथि अमेरिकाको लास भेगासको एक होटलमा अमेरिकी महिला क्याथरिन म्योग्राले आफू रोनाल्डोबाट बलात्कृत भएको भन्दै मुद्दा हालेकी थिइन् । तर, सोही मुद्दा हेरिरहेकी म्योग्राकी वकिलसँग सम्पर्क गरी अर्की एक महिलाले आफूमाथि पनि रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी हुन् ।
‘म पनि म्योग्राजस्तै रोनाल्डोबाट पीडित र बलात्कृत हुँ भन्दै एक युवतीले मलाई सम्पर्क गरेकी छन्,’ म्योग्राकी वकिल लेस्सी स्टोभलले भनेकी छन् । लेस्सीले हाल रोनाल्डोमाथि दोस्रो आरोप लगाउने महिलाको नाम भने खुलाएकी छैनन् ।
यसअघि आफूमाथि लागेको आरोपको रोनाल्डोले खन्डन गरिसकेका छन् । उनले त्यसलाई झुठो भनेका छन् । यसैबेला उनीमाथि फेरि दोस्रो आरोप लागेपछि रोनाल्डो तनावमा परेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ सोमबार
Comments