काठमाडौं । इटालियन घरेलु लिग सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले विजयी यात्रा जारी राख्नेक्रममा अर्को जित निकालेको छ । गत राति अवे मैदानमा भएको खेलमा युभेन्टसले अडिनेसलाई २–० ले हरायो ।
युभेन्टसका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोले चौथो गोल गरेको खेलमा टोलीले सहज जित निकाल्यो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ३३औं मिनेटमा युभेन्टसका लागि रोड्रिगोले हेडिङबाट पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३७औं मिनेटमा रोनाल्डोले आकर्षक गोल गरेपछि युभेन्टस पहिलो हाफमा २–० ले अगाडि रह्यो ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् । र, खेल युभेन्टसले जित्यो । यससँगै युभेन्टसले यो सिजनमा खेलेका सबै १० वटै खेलमा शतप्रतिशत जित निकालेको छ । युरोपका शीर्ष लिगमा विजयी यात्रामा रहेको युभेन्टस एक मात्रै टोली हो ।
यो जितपछि युभेन्टस सिरी एमा ८ खेलबाट २४ अंक लिएर तालिकाको शीर्ष स्थानमा बसेको छ । एक खेल कम खेलेको नापोली १५ अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २१ आइतबार
Comments