काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिख पराजित भएको छ । शनिबार राति घरेलु मैदानमै भएको खेलमा बायर्न बोरुसिया मोन्चेनग्लाडबाकसँग ३–० ले पराजित भएको हो । मोन्चेनग्लाडवाचको जितमा अलेस्साने प्लेया र लार्स स्टीन्डल र प्याट्रिक हेर्मनले एक एक गोल गरे ।
खेलको १० औं मिनेटमा अलासन प्लेले गोल गर्दै मोन्चेनग्लाडवाचलाई अग्रता बनाए । १६औं मिनेटमा जर्मन राष्ट्रिय टोलीका सदस्य समेत रहेका लार्स स्टीन्डलले गोल गर्दै टोलीलाई दोब्बर अग्रता बनाए । प्याट्रिक हर्मनले नियमित समयको २ मिनेट बाँकी हुँदा गोल गर्दै ३–० को जित दर्ता गरेको छ । हारपछि वायर्न १३ अंकसहित पाँचौ स्थानमा छ । जितसंगै मोन्चेनग्लाडवाच ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २१ आइतबार
Comments