काठमाडौं । लगातार ४ खेलमा गोल गर्न नसकेपछि स्पेनिस रियल मड्रिड ला लिगामा अर्को हारको सिकार भएको छ । गत राति अवे मैदानमा भएको लिगको आठौं हप्ताको खेलमा रियललाई घरेलु टोली अलाभेसले १–० ले स्तब्ध बनायो ।
रियलले पछिल्ला ४ खेलमा १ गोल पनि गर्न सकेको छैन । यस खेलमा पनि गोल गर्न नसक्दा रियलले नतिजा गुमायो । अलाभेससँग अवे मैदानमा खेल्दा रियलका कुनै खेलाडीको जादु चलेन । ग्यारेथ बेल, एसेन्सियो, करिम बेन्जिमा, मारिआनोजस्ता कुनै खेलाडीले गोल गर्न नसक्दा रियल खराब नतिजाको सिकार भयो ।
अलाभेसका लागि खेलको अतिरिक्त समयपछि थपिएको समयको अन्तिम मिनेटमा अलेक्जान्ड्रो गर्सियाले हेडिङ गोल गरेपछि रियल मड्रिड स्तब्ध बन्यो । र, रियलमाथि १–० को नतिजा निकाल्यो ।
आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो बेचेपछि रियल मड्रिडमा चर्को गोलको खडेरी छ । रियलले पछिल्ला ४ खेलमा गोल गर्न सकेको छैन भने ४ मध्ये ३ खेल हारेको छ ।
जब कि, रियल मड्रिडको यो ३३ वर्षपछिको सबैभन्दा खराब रेकर्ड हो । ३३ वर्षपछि रियलले लगातार ४ खेलमा गर्न सकेन भने ४ मध्ये ३ खेल हारेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २१ आइतबार
Comments