काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइनटले वेस्ट ह्यामाथि कठिन जित दर्ता गरेको छ । गत राति भएको खेलमा ब्राइटनले पाहुना टोली वेस्ट ह्यामलाई १–० ले हराएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले खेलको २५औं मिनेटमा गरेको १ मात्रै गोल निर्णायक बन्यो । सोही गोलको मदतमा ब्राइटनले खेलमा अग्रता लियो भने जित पनि निकाल्यो ।
अब यो जितपछि ब्राइटनले ८ खेलबाटै ८ अंक नै जोडेको छ । ऊ लिगको १२औं स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम समान ८ खेलबाट ७ अंकसहित १५औं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ असोज २० शनिबार
Comments