काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गत हप्ता लिग लिडर बार्सिलोनालाई उसकै घरमा बराबरीमा रोकेको एथ्लेटिक बिल्बाओ रियल सोसिडाडसँग पराजित भएको छ ।
गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा बिल्बओ पाहुना टोली रियल सोसिडाडासँग ३–१ ले स्तब्ध बनेको हो । अवे मैदानमा रियललाई जित दिलाउनेक्रममा २ गोल पेनाल्टीबाट भएको थियो ।
खेलको ३०औं मिनेटमा मिकेल ओएरजाबालले पेनाल्टीबाट पहिलो गोल गरेर सोसिडाडलाई घरेलु टोलीवरुद्ध अग्रता दिलाएका थिए । तर, ३२औं मिनेटमा बिल्बाओका लागि इकर मुनियनले गोल गरे ।
त्यसछि खेलको ४७औं मिनेटमा सोसिडाडका लागि लुका सांगालीले गोल गरे भने खेलको ७४औं मिनेटमा मिकेलले नै पेनाल्टीबाट दोस्रो गोल गरेपछि खेल सोसिडाडले ३–१ ले जित्यो । यो जितपछि सोसिडाडले ८ खेलबाट ८ अंक जोडेको छ र, ऊ अंक तालिकाको आठौं स्थानमा छ ।
प्रकाशित मितिः २०७५ असोज २० शनिबार
Comments