काठमाडौं । भुटानमा जारी साफ यू १८ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज उपाधिको दाबेदार भारतसँग खेल्दैछ।
समूह चरणमा बंगलादेशसँग पराजित भएपछि समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह एको विजेता भारतसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार थिम्पुस्थित चाङलिमिथाङ मैदानमा अपरान्ह ३ः१५ बजे सुरू हुनेछ। आजै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशले घरेलु टोली भुटानको सामना गर्नेछ।
नेपालका लागि भारतलाई हराएर फाइनल पुग्नु त्यति सहज छैन। भारत प्रतियोगिताकै उपाधि दाबेदार र बलियो टिमसमेत हो। समूह चरणमा २ गोल खाएको नेपालले १३ गोल गरेको छ भने २ गोल खाएको छ। पहिलो खेलमा पाकिस्तानलाई १२,० ले हराएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग २,१ले स्तब्ध भएको थियो। यस्तै समूह चरणमा भुटानलाई ४,० ले हराएको भारतले दोस्रो खेलमा माल्दिभ्सलाई ८,० ले हराएको थियो।ी
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments