काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा समूह चरणको दोस्रो खेलमा इटालियन क्लब इन्टर मिलानले समूह चरणको दोस्रो खेलमा पनि स्पष्ट जित हात पारेको छ । गत राति नेदरल्यान्ड्सको क्लब पिएसजी इन्डोभिनको घरेलु मैदानमा २–१ को जित निकालेको हो ।
मिलानलाई लगातार दोस्रो खेलमा जित दिलाउन खेलको ४४औं मिनेटमा राड्जाले गोल गरे भने अर्को गोल खेलको ६०औं मिनेटमा माउरो इकार्डीले गोल गरे ।
त्यसअघि खेलको २७औं मिनेटमा पिएसभीका लागि पाब्लो रोसारियाले गोल गरे पनि अग्रता जोगाउन नसक्दा हार खानुपर्यो । अब यो जितपछि मिलानले दुई खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा बसेको छ । ऊ बार्सिलोनासँग अंक बराबरी भए पनि गोलअन्तरमा पछि रहेको छ ।
प्रकाशित मितिः २०७५ असोज १८ बिहिबार
Comments