काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा साबिकको विजेता समेत रहेको रियल मंगलबार राति रुसी क्लब सीएसकेए मस्कोसँग १–० ले पराजित भएको हो ।
घरेलु मैदानमा मस्कोलाई जित दिलाउन निकोला भ्लासिचले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा निकोलाले गरेको गोल गरेका थिए । रियलमाथि जित निकाल्दै मस्को समूह जी को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा मस्कोले भिक्टोरियासंग बराबरी खेलेको थियो ।
२ खेलबाट ३ अंक जोडेको रियल तेस्रो स्थानमा छ । रियलले पहिलो खेलमा रोमालाई हराएको थियो । यसै समूहको अर्को खेलमा रोमाले भिक्टोरिया प्लेजेनलाई ५–० ले हराएको छ । रोमाको जितमा इडेन जेकोको ह्याट्रिक पुरा गरे । सेन्जिज अन्डर र जस्टिन क्लुइभर्टले समान १ गोल गरे । जितसंगै ३ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । भिक्टोरिया १ अंकसहित पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १७ बुधबार
Comments