काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु कप फुटबल प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा नेपालले ताजिकिस्तानसँग खेल्दै छ । साविक विजेता नेपालले ताजिकिस्तानसँग बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे खेल्ने छ ।
नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ । सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments