काठमाडौं । भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेश खेल्दै छन् । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुका ६ः४५ मा हुनेछ ।
दुवै टिमले एक खेल जिति सेमिफाइनलमा पुगि सकेकाले आजको खेल जित्ने टिम समूह विजेता र पराजित हुने टिम उप विजेताका रुपमा सेमिफाइनलमा पुग्ने छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७–० ले पराजित गरेको थियो । पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ । प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् । भुटान र भारतले १र१ जित दर्ता गरेका छन् ।
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments