काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बोउर्नेमाउथले क्रिस्टल प्यालेसमाथि २–१ को जित निकालेको छ । गत राति आफ्नो घरमा भएको खेलमा घरेलु टोली बोउर्नेमाउथले क्रिस्टललाई हराएर अंक तालिकामा पनि सुधार गरेको छ ।
बोउर्नेमाउथलाई खेलको पाँचौं मिनेटमा ब्रुक्सले गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोलको मदतमा बोउर्नेमाउथ पहिलो हाफमा १–० ले अगाडि रह्यो । त्यसपछि देस्रो हाफ सुरु भएपछि ५५औं मिनेटमा भानले क्रिस्टल प्यालेसका लागि बराबरी गोल गरे । तर, ८७औं मिनेटमा क्रिस्टल प्यालेसले पेनाल्टीबाट गोल खायो । बोउर्नेमाउथका लागि स्टानिलासले सो गोल गरेर टोलीलाई २–१ गोलको जित दिलाए ।
यो जितपछि बोउर्नेमाउठले ७ खेलबाट १३ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी छ । उसको १९ अंक छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments