काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार प्रेमिका ब्रना मार्कोजीनासँग खेल नभएको मौका छोपी अहिले मस्तीमा छन् । एकदुई दिनअघि मात्रै उनी आफ्नी प्रसमकासँग फेसन विकमा पुगेका थिए । पेरीस फेसन विक हेर्न पुगेका नेइमार सबैका आँखाको तारा बने ।
प्रेमिका मोडल ब्रुनासँग फेसन विकमा पुगेका नेइमारले पुरै फेसन कार्यक्रम हेरेर फर्किएका थिए । लिग वनमा रिम्स विरुद्धको खेलमा जित दिलाउन गोल पनि गरेका नेइमारसँगै डेनी एल्भेसपनि संगै पुगेका थिए ।
प्रेमीकाका कारण चर्चामा रहेका नेइमारसँग आयोजकले फोटो खिच्नका लागि अफर गरे पनि अन्तिममा मात्र उनले अवसर दिएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments