काठमाडौं । फ्रान्सेली लेजेन्ड डेभिड ट्रेजगुएटले आफ्नो देशका युवा खेलाडी केलियन एमबाप्पे फुटबलको भविष्य भएको बताएका छन् । उनले १९ वर्षकै उमेरमा एमबाप्पले फुटबलमा ठूलो प्रभाव जमाएको बताउँदै उनी भविष्यमा विश्व फुटबलमा ठूला स्टार बन्ने बताएका हुन् ।
ट्रेजगुएटले हाल पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको युग सकिन लागेको बताउँदै त्यसपछि एमबाप्पे विश्व फुटबलको मुख्य केन्द्रमा रहने बताएका हुन् । ‘उनी ९एमबाप्पे० अहिले उति चर्चामा छैनन् । तर, उनी भविष्यका मुख्य खेलाडी हुनेछन्,’ उनले भने ।
ट्रेजगुएटले एमबाप्पे असाधारण खेलाडी भएको पनि बताए । ‘एमबाप्पे एक यस्ता खेलाडी हुन्, जसले आफ्नो क्लब र राष्ट्रिय टोलीका लागि अद्भुत क्षमता देखाएका छन्,’ ट्रेजगुएटले भने, ‘यसमा दुईमत छैन कि, उनी नी फुटबलका भविष्य हुन् ।’
एमबाप्पे हाल फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका छन् । रसिया विश्वकपमा फ्रान्सलाई विश्वकप जिताउन उनले प्रभावशाली प्रदर्शन गरेका थिए । उनले विश्वकपमा उदीयमान खेलाडीको अवार्डसमेत जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments