काठमाडौं । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड खाँदै मैदान बाहिर पुगेका पोर्चुगलका कप्तान तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिग एक खेलमा प्रतिबन्ध लगाइएको छ ।
उक्त खेलमा जेसन मुरिलोलाई हात लगाएको आरोपमा रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए। कार्ड पाएपछि रेफ्रीको निर्णयमा असहमति जनाउँदै झन्डै १ मिनेट लगाएर उनले मैदान छोडेका थिए ।
उनको सो अटेरीपनका लागि यूईएफएले थप प्रतिबन्ध लगाउने सम्भावना पनि बढेको भएपनि एक खेलको प्रतिबन्धमा उनको कारवाही सिमित भएको छ । बिहीबार यूईएफएले जारी गरेको विज्ञप्तिमा रोनाल्डोलाई एक खेल प्रतिबन्ध लगाइएको जनाएको छ । उनले स्विस च्याम्पियन योङ ब्वाइजविरुद्धको खेल गुमाउनेछन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments