काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधिको लागि आज भारत र बंगलादेश भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ । एसिया कपको सुपर चारमा भारत विजेता बन्दै फाइनलमा पुगेको हो भने बंगलादेशले दुई खेलमा जित र एक खेलमा हार व्यहोर्दै उपविजेता बन्दै फाइनलमा पुगेको हो ।
सुपर चारको खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो । निकै उत्कृष्ट प्रदर्शन गरिरहेको भारत सातौं पटक एसिया च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । बंगलादेश पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यस्तै बंगलादेश सुपर चारमा भारतसँग बेहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ ।
। भारतको दबदबा समाप्त गर्ने बंगलादेशका लागि यो सुनौलो अवसर समेत रहनेछ । भारत र बंगलादेशबीचको पछिल्लो पाँच भेटमा भारत बलियो देखिएको छ । तीन खेलमा भारतले जितेको छ भने दुई खेल बंगलादेशले जितेको छ ।
भारत र बंगलादेश वान डे क्रिकेटमा ३४ पटक एक आपसमा खेलेका छन् । भारत २८ खेलमा विजयी हुदाँ ५ खेलमा पराजित भएको छ । यस्तै १ खेलमा बराबरी भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments