काठमाडौं । स्टार खेलाडी इडेन हजार्डले खेलको अन्तिम समयमा गोल गरेपछि चेल्सीले लिभरपुललाई हराएको छ । यो लिभरपुलको सिजनको पहिलो हार पनि हो । इएफए कपको तेस्रो चरणअन्तर्गत गत राति भएको खेलमा चेल्सीले लिभरपुललाई २–१ गोलले हराउँदै अर्को चरणमा स्थान बनाएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । निकै रोमाञ्चक खेलको ५८औं मिनेटमा स्टर्डिजले गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । तर, उसले अग्रता जोगाउन सकेन । खेलको ७९औं मिनेटमा चेल्सीका एमर्सनले बराबरी गोल गरेपछि चेल्सी खेलमा फर्कियो ।
त्यसपछि निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी छँदा हजार्डले निर्णायक गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण जित दिलाए । यससँगै चल्सी सबैखाले प्रतियोगितामा गरेर लिभरपुललाई यो सिजन पहिलोपटक हराउने टोली बनेको छ । लिभरपुलले प्रिमियर लिगसँगै च्याम्पियन्स लिगमा समेत हालसम्म सबै खेल जितेको छ । प्रिमियर लिगमा यी दुई टोली हालम्म पनि अपराजित छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ११ बिहिबार
Comments