काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर–४ को अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको छ । गत राति युएईमा भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हराउँदा फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । निकै रोमाञ्चक खेलमा बंगलादेशले सुरुआत राम्रो गर्न सकेन । पाकिस्तानका दुनिज खानको घातक बलिङसामु बंगलादेशको ब्याटिङ धर्मराएको थियो । जहाँ मात्रै १२ रन जोड्दा उसको ३ विकेट पतन भइसकेको थियो ।
तर, चौथो विकेकटा लागि मुस्फिकर रहिमले ९९ रनको महत्त्वपूर्ण पारी खेलेपछि बंगलादेशले स्कोर उकासेको थियो । त्यसक्रममा उसले ७ बल बाँकी छँदा सबै विकेट गुमाएर २ सय ३९ रनको स्कोर खडा गरेको थियो । यता, बलिङतर्फ पाकिस्तानका जुनिद खानले मात्र १९ रन दिएर ३ विकेट लिएका थिए ।
त्यसपछि जवाफी ब्याटिङमा आएको पाकिस्तानमाथि सुरुमै बंगलादेशले धावा बोल्यो । लगातार विकेट पतन भएपछि इमाम उलहलको ८३ रनको पारी खेले पनि पाकिस्तानले ९ विकेटको क्षतिमा मात्रै २०२ रन मात्र बनाउँदा हार टार्न सकेन । यता, बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए । उनले ४३ रन दिएर ४ विकेट लिएका हुन् ।
प्रकाशित मितिः २०७५ असोज ११ बिहिबार
Comments