काठमाडौंः पीएसजीले फ्रेन्च लिग वानमा लगातार सातौं खेलसम्म अपराजित यात्रा कायमै राखेको छ । यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको पीएसजीले स्टेड रेइम्सलाई ४–१ ले पाखा लगाएर अपराजित यात्रा कायमै राखेको हो ।
पीएसजीले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै थप ४ गोल गरेको थियो । पिएसजीका लागि एडिनसन काभानीले दुई, नेयमार र थोमस म्युनिरले एक एक गोल गरे । यस्तै, रेइम्सका लागि जेभियर चाभेलिनले एक गोल गरे ।
खेलको चौथो मिनेटमै ज्याभिएरले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएका थिए पनि पाँचौ मिनेटमा कभानीले पीएसजीका लागि बरारी गोल गरे । नेमारले २४ औं र कभानीले ४४ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा पीएसजीले ३–१ को अग्रता लिएको थियो । दोस्रो हाफमा एक गोल थप्दै पिएसजीले ४–१ को सहज जित हात पार्न सफल भयो ।
जितपछि सात खेलबाट २१ अंक जोडेको पीएसजी अंक तालिकामा शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लियोन १३ अंक सहित दोस्रो स्थानमा छ । गएरातिको खेलमा डियोनलाई ३.० ले पराजित गर्दै १३ अंक पुर्याको हो । समान अंक भएको मार्से गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७५ असोज ११ बिहिबार
Comments