काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ को खेलमा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । पाकिस्तान र बंगलादेशले सुपर चारको अन्तिम खेलमा अन्तर्गत आज भिड्न लागेका हुन् ।
यो खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने छ । २ , २ अंक जोडेको यी दुई टोलीबीचको बिजेताले फाइनलमा भारतसँग खेल्नेछ ।
हिजो भएको खेलमा अफगानिस्तानसँग बराबरी खेलेपनि भारत ५ अंकसहित सुपर चारको विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान १ अंक जोडेर सुपर चारबाट बाहिरियो ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments