काठमाडौं । इटालियन लिग फुटबल ‘सिरी ए’मा इन्टर मिलानले छैटौं खेलमा जित हात पारेको छ । गत राति आफ्नो घरमा भएको खेलमा मिलानले फिओरेनिटिनालाई २–१ ले हरायो । यस खेलमा भएका ३ वटै गोल मिलानले गरेको हो । उसले २ गोल विपक्षीको पोस्टमा हान्यो भने १ गोल आफ्नै पोस्टमा गरेको थियो ।
यो सिजन घरेलु लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको मिलानलाई जिताउन खेलको ४५औं मिनेटमा माउरो इकार्डीले पेनाल्टीबाट गोल गरेका थिए । त्यसपछि खेलको ५३औं मिनेटमा मिलानका खेलाडी मिलान श्रीनिकारले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आयो ।
तर, खेलको ७७औं मिनेटमा ड्यानिलोले गोल गरेर मिलानलाई घरेलु मौदनमा जित दिलाए । यससँगै मिलानले लिगका ६ खेलबाट १० अंक जोडेको छ , र, ऊ अंक तालिकाको पाँचौं स्थानमा छ ।
यता, पराजित फिओरेनिटिना समान ६ खेलबाट समान १० अंकसहित लिगको चौथो स्थानमा छ । उसले मिलानलाई गोलअन्तरमा पछि पारेको हो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments