काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको सुपर–४ अन्तर्गत आज अन्तिम खेलमा दुई बलिया टोली भारत र अफगानिस्तान भिड्दैछन् । हालसम्म यी दुई टोली जम्मा एकपटक मात्रै मैदानमा भेटिएका छन् ।
अफगानिस्तालने प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले श्रीलंका र बंगलादेशलाई पन्छाएको थियो । तर, सुपर–४ मा भने ऊ यसअघि भारतसँग पराजित भएको थियो । सुपर–४ मा पाकिस्तान र बंगलादेशसँग हारेको अफगानिस्तानको प्रतियोगिताको फानल पुग्ने बाटो भने बन्द भइसकेको छ ।
यता, भारत भने यसअघि नै सुपर–४ का दुवै खेल जितेर फाइनल पुगेको छ । तसर्थ, आज उसलाई अफगानिस्तानसँग हारे पनि फरक पर्ने छैन । फाइनलमा अर्को दिन भोलि पाकिस्तान र बंगलादेशबीचको विजेताले उपाधिका लागि भिड्ने छ । आज हुने भारत र अफगानिस्तानको खेल नेपाली समयअनुसार अपराह्न ५ः१५ बजेबाट सुरु हुनेछ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments