काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै ‘फिफा वर्ष खेलाडी’ अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् ।
इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको थियो । मोड्रिचलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरे ।
क्रोएसियालाई विश्वकपको फाइनलसम्म डोहर्याउनु अघि ३३ वर्षे मोडरिचले रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । त्यसका साथै उनले रियलबाटफिफा क्लब विश्वकपको उपाधि पनि उचालेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments