काठमाडौं । सिरिए फुटबलमा इटालियन क्लब युभेन्टसले फ्रोसिनोनेलाई २.० ले पराजित गरेको छ। गए राति भएको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने क्रममा सो दुई गोल युभेन्टसले खेलको ८१ औं र अतिरिक्त समयको चौथो मिनेटमा गरेको थियो।
उसका लागि पहिलो गोल रोनाल्डोले गरेका थिए भने दोश्रो गोल बर्नार्डेस्कीले गरेका थिए। युभेन्टस र रोनाल्डोलाई फ्रोसिनोनेको पोस्टमा गोल गर्न निकै संघर्ष गर्नु परेको थियो ।यो जीतसँगै लगातार पाँच खेल जितेको युभेन्टसको १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपोली १२ अंकसहित दोस्रोमा छ। हिजै भएको खेलमा नेपोलीले तोरिनोलाई ३–१ ले पराजित गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments