काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा आइतबार उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्दैछन् । खेल युएईको दुबईमा हुने छ । आज हुने खेलमा पाकिस्तान समूहचरणमा भारतबाट खाएको हारको बदला लिने दाउमा छ भने भारत पाकिस्तान विरूद्धको पछिल्लो नतिजालाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
समूह चरणको खेलमा पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो। खेल नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा सुरू हुनेछ। यस्तै सोही समयमा आज आवुधावीमा बंगलादेश र अफगानिस्तान पनि भिड्नेछन्। यस खेलमा बंगलादेशको लक्ष्य समूह चरणमा अफगानिस्तानबाट पाएको १३६ रनको अप्रत्यासित हारको बदला लिनु हुनेछ भने बङगलादेश सो हारलाई बिर्साउने दाउका साथ मैदान प्रवेश गर्नेछ।
जित निकालेर उपाधिको फाइनल यात्रालाई कायम राख्ने लक्ष्य बंगलादेशको छ। शुक्रबार भएको खेलमा ऊ भारतसँग ७ विकेटले पराजित भएको थियो। त्यस्तै अफगानिस्तानले पाकिस्तानबाट ३ विकेटले हार बेहोरेको थियो।
एसिया कपमा सुपर फोरको अन्तिम खेलमा मंगलबार हुनेछ जसमा अफगानिस्तान भारतसँग र बुधबार पाकिस्तान बंगलादेशसँग भिड्नेछन्। शीर्ष दुई टोलीले उपाधिको लागि असोज १२ गते दुबईमा फाइनल खेल्नेछन्। एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments